मतपत्रसँगै पैसा भेटिएपछि…

मतपत्रसँगै पैसा भेटिएपछि इन्द्रावती गाउँपालिकामा विवाद, छलफलपछि मतगणना सुचारु

सिन्धुपाल्चोक, जेष्ठ ७, । मतपत्रभित्र पैसा भेटिएपछि इन्द्रावती गाउँपालिकामा विवादले मतगणना रोकिएको छ । इन्द्रावती गाउँपालिकाको वडा ८, ९, १० को मत गणना गर्ने क्रममा दस, पाँच, पचासका नोट भेटिएपछि विवादले मतगणना रोकिएको हो ।

शनिबार बेलुका र आइतबार ११ बजे मतगणना गर्दा मतपेटीका भित्र पैसा भेटिएको थियो । कुनै मतदाताले झुक्किएर पैसाको नोट मतपेटीकामा खसालेको हुनसक्ने मतदान अधिकृतले अनुमान गरेका छन ।

आधा घण्टाको विवादपछि सबै दलको र निवार्चन अधिकृतको सहमतिमा पुन मतगणना सुचारु गरिएको थियो । असुरक्षित मतदान र मतगणना भएको उठेपछि त्यहाँ प्रहरी परिचालन बढाइएको छ । इन्द्रावती गाउँपालिकाका मतदान अधिकृत हरि बखतीकाअनुसार विवाद हाल सामान्य अवस्थामा आइसकेको छ । सबै गाउँपालिकाको मतगणना सकिएको र इन्द्रावतीको मात्रै बाँकी भएकाले मतगणनाको कार्यलाई तिव्रता दिइएको बखतीले बताए ।

‘नोटले विवाद सिर्जना गरेको थियो , अहिले मतगणना थालिसकेका छौं’, उनले भने, ‘वडा १०, ११,१२ को मतगणना थालिरहेका छौ ।’ उनले मतगणनाको कार्य चुस्त र सुरक्षित बनाउन कडा सुरक्षाको घेरामा मतगणना भइरहेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖