भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्न विदेशबाट करोडौंको अफर आएपछि दिल्लीमा हंगामा, ५० करोडको इनाम !

काठमाडौं, ८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्नका लागि अज्ञात नम्बरबाट फोन आएपछि दिल्लीमा खैलाबैला भएको छ ।

मध्य प्रदेशको सतना जिल्लाका एक व्यक्तिलाई अज्ञात नम्बरबाट आएको फोनमा मोदीलाई बमले उडाए ५० करोड रुपैयाँ दिने अफर समेत गरिएको छ । देशकै प्रधानमन्त्रीलाई बमले उडाउने फोन आएपछि सुरक्षा निकायमा खैलाबैला भएको हो । प्रहरीले यो घटनालाई गम्भीरताका साथ लिदै साइबर सेलबाट सुक्ष्म ढंगबाट जाँच गरिरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सतना जिल्लाको रामनगर निवासी कुशल सोनीलाई ८ नम्बर भएको फोनबाट फोन आएको थियो जसमा २५ मे मा मुम्बई नजिकै प्रधानमन्त्री मोदीको र्याली छ, र्यालीमा उनलाई बमले उडाउनुपर्नेछ भनियो । अज्ञान व्यक्तिले फोनबाट उनलाई दुई जना तयार छन्, तपाईको तेस्रो व्यक्ति हुनुहुनेछ यो काम गर्नुहुन्छ ? तपाईलाई मागेजति पैसा दिइनेछ पनि भने ।
पहिला त कुशलले यो अज्ञात फोनलाई मजाकका रुपमा लिए । तर मोबाइल नम्बर र पुरै कुरा सुनेर उनको होसहवास उड्यो । लगत्तै उनले रानगर प्रहरी चौकीमा उजरी दिए । साथै फोनको अडियो क्लिप पनि प्रहरीलाई सुम्पिए ।

प्रहरीले यो घटनालाई शान्ति सुरक्षामा खलल पुर्याउने प्रयासका रुपमा लिएको छ । प्रहरी थाना प्रमुख केएल मिश्राका अनुसार शनिबार साँझ ५ बजेतिर यस्तो फोन आएको थियो । यो विदेशबाट आएको फोन हुनसक्ने अनुमान गरिएको छ । फोन गर्ने व्यक्तिको भाषा गुजराती जस्तै थियो । गुजरात मोदीको गृहनगर हो । यसअघि पनि सतना जिल्ला आतंकवादी गतिविधि हुने गरेका थिए । प्रहरीले यहाँबाट बलराम र राजीव नामका दुई पाकिस्तानी जासुसलाई पक्राउ गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖