मतगणनास्थल जानलाग्दा हृदयघात भई कांग्रेसका उपसभापतिको मृत्यु

कांग्रेसका उपसभापतिको हृदयघातका कारण मृत्यु

कास्की । कास्कीका कांग्रेसका उपसभापति हरि आचार्यको हृदयघातका कारण मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ११ काँहुका ४४ वर्षीय आचार्यको मृत्यु भएको हो ।

बुधबार बिहान खाना खाएका उनी महानगरको मतगणनास्थलमा जाने तयारी थिए । १० बजेतिर एक्कासी ढलेका उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्ने वित्तिकै उनको मृत्यु भएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए । केसीका अनुसार केही दिनदेखि टाइफाईडको लक्षण देखिएपछि आचार्यले औषधिसमेत सेवन गरिरहेका थिए । आचार्यका बाबुआमा, श्रीमती, एक छोरा र एक छोरी छन् । आचार्यको बुधबारै अन्त्येष्टि गरिने केसीले बताए ।

आचार्य कांग्रेस कास्कीको बाह्रौ र तेह्रौं अधिवेशनबाट जिल्ला सदस्यमा चुनिएका थिए । कांग्रेसको विधान अनुसार उनलाई यसपटक उपाध्यक्ष मनोनित गरिएको थियो । तरुण दल कास्कीका पूर्वसहसचिवसमेत रहेका आचार्य विभिन्न सामाजिक संघ संस्थामा पनि क्रियाशील थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।