गर्मी बढेसँगै धनकुटामा बिरामीको संख्यामा बृद्धि
धनकुटा खबर, जेठ ११ । बर्खायाम लागेसंगै गर्मी बढेपछि धनकुटामा बिरामीहरुको संख्या बढेको छ ।
जिल्ला अस्पताल धनकुटाको गएको तीन महिना यताको बिरामी दर्ता तथ्यांकले बिरामीको संख्या बढेको देखाएको छ ।

फागुन महिनामा दर्ता भएको २ हजार १ सय ५२ जना बिरामी बढेर चैत महिनामा २ हजार ९ सय ९७ र बैशाख महिना सम्ममा ३ हजार ३ सय ८७ जना पुगेको छ ।
बर्षा लागे संगै मौसम परिवर्तन, खानेपानी र खानपानमा ध्यान नदिंदा बर्खाको समयमा बिरामीको संख्या बढेको अस्पतालका डाक्टर मदन कुमार उपाध्ययाले जानकारी दिनुभयो ।



