बिष्णु माझीको स्वरमा ३ लाख बजेटको भिडियो सार्बजनिक (भिडियो सहित)

केहि समय अगाडि “नलाउ झुटो पिरती” बोलको गीत तथा भिडियो नेपालि लोक गीत पारखीहरुको मन मुटुमा बस्न सफल भई सकेको छ भने हाल यसै गीतको भाग २ सार्बजनिक गरिएको छ । नेपालि लोक गीतको ईतिहासमा सबैभन्दा बढि लगानी अर्थात ३ लाख भन्दा माथिको बजेटमा निर्माण गरिएको “नलाउ झुटो पिरती-२” लाई हालै युटुब मार्फत सार्बजनिक गरिएको हो ।

उत्कृष्ट कथा प्रस्तुति संगै लोक गीतमा केहि नया प्रयोग गर्न खोजिएको छ उक्त भिडियोमा । सिक्येलको ट्रेण्ड लोक गीतमा पनि सुरुवात गर्दै यो गीत तथा भिडियोलाई प्रियशी म्युजिक प्रालिले प्रस्तुत गरेको छ भने राजेन्द्र पुरी र बबिता पुरीले बजार व्यवस्थापन गरेका छन् । उक्त गीतमा लोक गीत गायनमा चर्चित बिष्णु माझि र अर्का गायक राजेश सेन को आवाज रहेको छ भने सुनिल केशीको सब्द समाबेश गरिएको छ । त्यस्तै गीतमा गणेश अधिकारिले संगीत भरेका छन् ।

महिला निर्देशकको क्षेत्रमा आफ्नो छुट्टै छबि बनाउदै गएकी यस गीतको व्यवस्थापक समेत रहेकी बबिता पुरीले नै यो भिडियोलाई निर्देशन गरेकी छिन । निकै मेहनत, दुख र समय खर्चेर बनाएको यो म्युजिक भिडियोमा नयाँ शैली र फरक स्वाद दिन खोजिएको बताउछन निर्देशक बबिता । भाग एक लाई जसरि दर्शकले मन पाउनु भएको थियो अब भाग २ लाई पनि त्यसरी नै माया र साथ् दिनुहुनेमा बिस्वस्त बनेकी छिन उनि । त्यस्तै भिडियोमा अहिलेका उदाउदो मोडल आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ भने मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई अभिनास डिसिले सम्पादन गरेका छन् ।

https://youtu.be/dBBAFR2Q2ME



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।