माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरमा तनाव
चितवन, १५ जेठ । माओवादी प्रतिनिधिले मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ ।

मत गणनास्थलमा मेयर पदका उम्मेदवार एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला इन्चार्ज मधु न्यौपानेले मतपत्र च्यातेका थिए । त्यसपछि तनाव बढेको थियो ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि बसेका द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए ।
न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


