यी मधेसी युवा भन्छन्, – मधेसी दलहरु देश टुक्रा पार्ने वृहत तयारीमा छन् (भिडियो सहित)

सञ्जीब बिक्रम शाह सप्तरीमा बसेर नेपाली कांग्रेसको राजनीति गरिरहेका छन् । मधेसमा बसेर उनले मधेसको राजनीतिलाई नजिकबाट नियालिरहेका बताउछन् । उनले महशुस गरेका छन्, ‘नेपालको ब्युरोक्रेसीदेखि सरकारी निकायसम्म मधेसी जनताहरुलाई भेदभाव छ । भन्छन्, ‘मधेसी जनतालाई सरकारले नागरिकता बनाउनेदेखि लोकसेवासम्म भेदभाव गरेको छ ।’ नेपालआजसँग कुराकानी गर्दै उनी भन्छन्, ‘सरकारले मधेसी जनताको लागि खुल्ला प्रतिस्पर्धामा जहिले पनि भेदभाव गरेको छ ।’ उनी प्रश्न गर्छन्, ‘मधेसी जनताहरु सक्षम छैनन् र ? किन सेना प्रहरीमा मधेसी जनताको नाम निक्लिदैन् ? लोकसेवाले गर्न खोजेको के हो ? कोटाबाहेक अन्य ठाउँमा मेधसीको नाम किन निक्लिदैन् ।’ उनका अनुसार मधेसका जनतालाई संविधान कसैले बुझाएका छैनन् । उनी कतिपय धाराहरु संशोधन गर्न आवश्यक रहेको बताउछन् । संविधान खारेज गर्नुभन्दा संशोधन आवश्यक रहेको तर्क गर्छन् । – हेर्नुहोस् भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।