अब म प्रधानमन्त्री बन्छु र नेपाललाई हिन्दुराज्य बनाउछु : महामन्त्री कोइराला (भिडियो सहित)
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्नेमा कुनै दुई मत नभएको बताएका छन् ।
त्यस्तै कोइरालाले आफूपनि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । संविधान कार्यान्वयन गर्नको लागि प्रमुख दलहरुवीच सरकार गठन गर्नुपर्ने र त्यसको नेतृत्व भने कांग्रेसले नै गर्नुपर्ने कोइरालाको भनाई छ । महामन्त्री कोइरालासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :
अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार निर्माण हुन्छ त?
हुन्छ ।
त्यो आधार छ तपाईसँग ? राजनीति तलमाथि हुँदैन ?
किन नहुने ? प्रधानमन्त्री प्रचण्डजीले राजीनामा दिईसक्नुभएको छ । उहाँले बाटो स्पष्ट पार्नु भएको स्थितिमा काँग्रेसको नेतृत्वमा सरकार गठन हुनेमा शंका नै भएन नि ।
उसो भए शेर बहादुर देउवा प्रधानमन्त्री हुनेमा विश्वस्त हुुनहुन्छ ?
एकदम् विश्वस्त छु । – थप हेर्नुहोस् भिडियोमा


