प्रशासनिक खर्च जोगाएर जिल्ला अस्पताल धनकुटालाई कम्बल वितरण

धनकुटा खबर, जेठ १९ । धनकुटा नगरपालिकाले प्रशासनिक खर्च जोगाएर जिल्ला अस्पताल धनकुटालाई ३५ थान कम्वल वितरण गरेको छ ।

उपचारका लागि आउने बिरामिहरुको सुबिधालाई ध्यानमा राखेर नगरपालिकाले करिब ७० हजार मूल्य पर्ने ३५ थान कम्वल वितरण गरेको हो ।

जिल्ला अस्पताल धनकुटामा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेति र धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले संयूक्तरुपमा अस्पताल विकास समितिका अध्यक्ष सुनिल डंगोल तथा बरिष्ठ मेडिकल सुपरिटेण्डेन मदनकुमार उपाध्यायलाई कम्वल वितरण गर्नु भएको हो ।

कार्यक्रममा प्र्रमुख जिल्ला अधिकारी उप्रेतिले प्रशासनिक खर्च कटाएर बिरामिको परोपकारमा लगानी गरिएको भन्दै नगरपालिका परिवारको सराहना गर्नु भयो ।

यस्तै कार्यक्रमका अध्यक्ष कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले प्रभावकारी स्वास्थ्योपचार सेवामा अस्पताल ब्यबस्थापनले गरिरहेको प्रयासमा सहयोग पुगोस भन्ने उदेश्यले कम्बल वितरण गरिएको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।