जान्नुहोस्, सवारी साधनमा यात्रा गर्दा वान्ता हुने कारण र यसको रोगथाम !

यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो । त्यस्तै भिडियो गेम खेल्दा र माइक्रोेस्कोपबाट हेर्दा पनि मोसन सिकनेस हुनसक्छ ।

यी सबै अवस्थामा आँखाले गति अथवा चहलपहललाई देख्छ, तर हाम्रो शरीरले त्यसलाई अनुभूत गरेको हँुदैन । दिमाग र शरीरबीच तालमेल नहुँदा मोसन सिकनेस हुन्छ । यो पाँचदेखि १२ वर्षका बच्चा, महिला र बुढापाकालाई बढी हुन्छ । मोसन सिकनेस शरीरका इन्द्रियहरूको सन्तुलनसँग सम्बन्धित छ ।

जब कान, आँखा र शरीरले गति अथवा चहलपहलसम्बन्धी सूचनालाई विरोधाभाषपूर्ण ढंगले हाम्रो दिमागमा प्रवाह गर्छ, तब मोसन सिकनेस हुन्छ । हाम्रो शरीर गतिमा छ भने भित्री कान (लेबिरिन्थ) ले थाहा पाउँछ तर, शरीरका अरु भागले त्यो थाहा नपाउँदा फरक फरक सूचना हाम्रो मस्तिष्कमा पुग्छ । उदाहरणका लागि, तपाईँ बसमा हुनुहुन्छ भने तपाईँको शरीर हल्लिरहेको हुन्छ । जसलाई तपाईँको भित्री कानले चाल पाउँछ । तर, तपाईँको आँखाले यो हलचल देख्दैन । यस्तो विरोधाभाषको सूचना मस्तिष्कमा पुग्दा मोसन सिकनेस हुन्छ ।

मोसन सिकनेस भयो भने के गर्ने त ? भइसकेपछि केही गर्नुभन्दा हुन नै नदिनु राम्रो ! किनभने एकचोटी यसका लक्षण देखापर्न थालेपछि रोक्न गाह्रो हुन्छ । सबैभन्दा राम्रो उपाय भनेको गाडी चढ्नुभन्दा एक घण्टाअगाडि वाकवाकी नलाग्ने औषधि खानु हुन्छ । यस्तो औषधि डाक्टरसँग सल्लाह नलिइकन खाए हुन्छ । मोसन सिकनेस कुनै रोग होइन । यो शारीरिक प्रतिक्रियामात्र हो । त्यसैले मोसन सिकनेसबाट डर मान्नुपर्दैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।