उदयपुरको ताप्ली गाउँपालिकाको १ र २ मा एमालेको प्यानल नै विजयी

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ र २ मा एमालेको प्यानलै विजयी भएको छ । वडा नम्बर १ मा गोविन्द विक्रम सेन र २ मा एमालेकै धर्मराज राईको प्यानल बिजयी भएको निर्वाचन आधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन । अध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम तामाङ २७५, एमालेका उद्धबसिंह थापा १९२, कांग्रेस डिकवहादुर ठकुरी १३६ र माओवादी डुंगराज विष्ट १०४ मत प्राप्त गरेका छन ।

त्यस्तै झापा भद्रपुर नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ। पाँच सय मत गन्दा एमालेले मेयरमा १६६ मत पाएको भने माओवादी केन्द्रले ११८ ल्याएको छ। तेस्रो स्थानमा रहेका कांग्रेस ९२ मत पाएको छ। मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार उपमेयरमा पनि एमाले नै अगाडि छ। उपमेयरमा एमालेले १८६ मत ल्याएको छ भने माओवादी केन्द्र १०२ मत पाएको छ। कांग्रेस उम्मेदवार ७५ मत पाएका छन्। मतगणना जारी छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।