इटहरीमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा, यस्तो छ ताजा मत परिणाम अपडेट…

इटहरी, नेकपा एमालेले इटहरीमा मत अन्तर घटाउँदै ल्याएको छ । दिउँसो साढे दुई बजेको मतगणना अनुसार मेयरमा कांग्रेस र एमालेको मतअन्तर दुई सयमा झरेको छ । शनिबार बिहानसम्म मतअन्तर तीन सय भन्दा बढी थियो ।

कांग्रेसले ३६६९ र एमालेले ३४६७ मत ल्याएको छ । यता उपमेयरमा भने मतअन्तर ४०० हाराहारी छ । उपमेयरमा कांग्रेसले ३७६७ र एमालेले ३३५५ मत ल्याएको छ । यसैगरी माओवादीले मेयरमा ४७२ र उपमेयरमा ५५२ मत ल्याएको छ ।

यसैगरी राप्रपाले मेयरमा ३७० र उपमेयरमा ४३५ मत ल्याएको छ । वाडा नं. १ को वडा अध्यक्षसहित प्याननै जितेको कांग्रेसले वडा नं. ३ र २० मा नेतृत्व गरिरहेको छ । यसैगरी १९, २ र १८ नं. मा एमालेले नेतृत्व गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।