तेह्रथुमको छ स्थानीय तह मध्ये ५ तहमा एमालेको बिजयी १ मा कांग्रेस
धनकुटा खबर/ तेह्रथुम, १९ असार । जिल्लाको ६ स्थानीयतह मध्ये ५ वटा तहमा एमालेले जित हासिल गरेको छ भने एउटामा मात्र नेपाली काग्रेसले जित हासिल गरेको छ ।
जिल्लाको केन्द्र सदरमुकाम म्याङलुङ नगरपालीकामा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ ।मेयरपदमा एमालेका सञ्जय तुम्बाहाङफेले ३ हजार ८ सय ९० प्राप्त गरेर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी रणबिक्रम लिम्बुले ३ हजार ५ सय ६८ मत पाएका छन् ।यस्तै उपमेयरमा एमालेका पार्बती सानु डागीले ४ हजार ६३ मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी उमा भेटुवालले २ हजार ७ ३४ मत पाएका छन् ।
म्याङलुङमा एमालेले ५ वटा वडा जितेको छ भने काग्रेसले पनि ५ वडा जितेको छ । यस्तै आठराई गाउ पालिका प्रमुखमा नेकपा एमालेका मान बहादुर(बिष्णुबिक्रम)सुब्बा ३ हजार २८ मतले बिजयी भएका छन् भने उनका निकटतम प्रतिश्पर्दी गठबन्धनका नारायण कुमार ईङनामले ३ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् ।
गाउ पालिका उपप्रमुखमा एमालेका रुपादेबी कन्दङवाले ३ हजार ९ सय ३३ मत पाएका छन् भने गठबन्धनबाट उपप्रमुख भएका माओबादी केन्द्रका रमिला खनालले २ हजार ८ सय २१ मत पाएका छन् । आठराईमा काग्रेस र माओबादी बिच गठबन्धन भएको थियो ।आठराईमा एमालेले ५ वटा वडाा , १÷१ वडामा काग्रेस र माओबादीले जितेको छ ।
यस्तै छथरगाउ पालिका प्रमुखमा नेकपा एमालेका सन्तबिर (सन्तोष) तिगेलाले ३ हजार ४ सय २६ मतले बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी टेकराज तिगेलाले २ हजार ५ सय ५२ मत प्राप्त गरेका छन् ।छथरगाउ पालिका उपप्रमुखमा एमालेका तारा खरेलले ३ हजार ३ सय ६९ मत पाएका छन् भने उनका निकटतम प्रतिश्पर्दी हिमा मायाँ पौडेलले २ हजार ३ सय ८७ मत पाएका छन् ।
छथरमा ४ वटा वडामा एमालेले जितेको छ भने काग्रेस र स्वतन्त्रले १÷१ वडामा जितेको छ ।


