चर्चित एमालेकी उपमेयर शिवकुमारी थारुको शानदार जित

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार नेत्रराज अधिकारी र उपमेयरमा एमालेकै शिबकुमारी चौधरी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार १ सय ५५ मत पक्षमा पारेर अधिकारी मेयर बनेका हुन् ।

उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए । उपप्रमुख पनि एमालेले जितेको छ । २३ वर्षीया शिवकुमारी चौधरी ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बेनकी हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा उपमेयरको उम्मेवार बनेपछि देशभर निकै चर्चामा रहेकी एमालेकी उमेद्वार शिबकुमारी थारु बिजयी भएकि हुन् । २२ वर्षीय थारू प्रखर वक्ताको रुपमा सामाजिक संजालमा समेत चर्चामा रहेकी थिइन सरस्वति निमाविकी शिक्षीकासमेत रहेकी थारू शिक्षकबाट राजीनामा दिएर एमालेको तर्फबाट उपमेयरको उम्मेदार बनेकी थिइन् ।

बिपक्षिलाई झन्डै तीन गुणा मतले पछी पार्दै उनि भारी मतका साथ् बिजयी बनेकी हुन । त्यस्तै सोहि नगरपालिकाको मेयरमा पनि एमालेकै उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।