गायक कृष्ण भट्टराईको सबैलाई नचाउने गीत ‘कुल-कुल’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

गीतकार गोबिन्दराज सिवाकोटीको एकल शब्द र गायक कृष्ण भट्टराईको एकल आवाज रहेको गीति एल्बम ‘कुल कुल’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ गीतकार रत्न शम्शेर थापा तथा चर्चित संगीतकार सुरेश अधिकारी लगायत बिभिन्न संगीतकर्मी पत्रकारहरुको उपस्थिती रहेको थियो । संगीतकारहरु अर्जुन पोख्रेल, शंकर थापा र धनु ग्याङमीको संगीत रहेको उक्त एल्बममा ३ वटा गीत समाबेश रहेका छन् । कार्यक्रममा ‘कुल कुल’ बोलको गीतको म्यूजिक भिडियो समेत देखाइएको थियो । भिडियोमा मंगोलियन नाम्जा ग्रुपसंगै बर्षा राउत र बिनोद न्यौपानेलाई फिचरिङमा देख्न सकिन्छ । भिडियोको शिशिर खातिले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई राम प्रसाद चौधरीले सम्पादन गरेका हुन् । शंकर थापा स्माईलले सँगित गरेको यो गितलाई उदय राज पौडेलले सँगित संयोजन गरेका छन् । एल्बमलाई डश म्यूजिकले बजारमा ल्याएको हो । हेनुस् भिडियो :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।