“पत्रकारलाई कुट्ने समय आएको” भन्दै कांग्रेसका कार्यकर्ताद्वारा रेडियो बुढीनन्दामा आक्रमण

बाजुरा, ३१ असार । नेपाली कांग्रेसका कार्यकर्ताले रेडियो बुढीनन्दामा आक्रमण गरेका छन्। पत्रकार कुट्ने समय आएको भन्दै ७-८ जनाको संख्यामा रहेका कांग्रेस कार्यकर्ताले कोल्टीमा रहेको सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेघाहर्जमा ढुंगा प्रहार गरी आक्रमण गरेका हुन्। नागरिकन्यूजमा खबर छ ।

शुक्रबार राति मदिरा सेवन गरेका गोकर्ण गिरीलगायतका कांग्रेस कार्यकर्ताले सर्पलाल गिरीलाई आजै सिध्याउनुपर्छ भन्दै गाली बेइज्जती गरेको र साँझ रेडियोमाथि ढुंगामुढा गरेको पीडित पत्रकार गिरीले बताए।

गिरी रेडियो बुढीनन्दाका अध्यक्ष एवं पत्रकार महासंघका पूर्व सचिव हुन्। कांग्रेसले जितिसक्यो, पत्रकार कुट्ने जमाना आएको छ, सर्पलाल गिरीलाई मार्नै पर्छ भनेर खोज्दै आएको प्रत्यक्ष दर्शीले बताएका छन्।

आक्रमणमा बुढीनन्दा नगरपालिका मेयरका आफन्त गोकर्ण गिरी, वीरेन्द रोकाया, इन्द्र रोकाया र नरेन्द्र शाही लगायतको संलग्नता रहेको गिरीले दिएको प्रहरी उजुरीमा उल्लेख गरिएको छ।

आक्रमण गर्ने टिमले गिरीलाई बीच बाटोमै नभेटेपछि रेडियोमै गएर ढुंगा प्रहार गरेका हुन्। रेडियो सञ्चालनमा रहेकै अवस्थामा राति आक्रमण गरेको रेडियोका स्टेशन म्यानेजर नहकुल जोशीले बताए।

पत्रकार भएर घमण्ड गर्ने, कांग्रेसले जितेको ठाउँ हो, कसैको केही चल्दैन, सर्पलाल गिरीलाई मार्नै पर्छ, भन्दै आक्रमण गर्न आएपनि भाग्न सफल भएको गिरीले बताए। जिल्लामा पछिल्लो पटक पत्रकार माथिको आक्रमणको शृंखला बढेको छ। तीन दिन पहिलेमात्र पत्रकार छक्क मल्लमाथि आक्रमण भएको थियो।

यता जिल्ला प्रहरी कार्यालयले भने आफूलाई कुनै जानकारी नभएको बताए। प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी नभएको बताए। कोल्टी प्रहरीले भर्खर उजुरी आएकोले संलग्नको खोजी कार्य जारी रहेको बताएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।