बानेश्वरस्थित कन्टिनेन्टल एकेडेमी स्कुलका प्रिन्सिपलको कर्तुत : केटी काण्ड देखि नक्कली लाईसेन्ससम्म

जेलमा हुनु पर्ने ब्यक्ति प्रिन्सिपल भएर स्कूल चलाउदै

काठमाडौं, श्रावण २ । जो राम्री केटी भेट्यो तिनैलाई विवाह गरी श्रीमती बनाउँछु भनी आश्वासन दिंदै हिंड्ने बानेश्वरस्थित कन्टिनेन्टल एकेडेमी स्कुलका प्रिन्सिपल सम्झना लामाका केही हर्कतहरु सार्वजनिक भएका छन् । प्रिन्सिपल लामामाथि अहिले सम्म चार जना महिलालाई बिहे गर्ने आश्वासन दिई छाडेर हिंडेको आरोप लागेको छ । ती चार जना महिलाहरुको अहिले अरुसँगै विवाह भईसकेको छ । पीडित मध्ये एक महिलाले भनिन्, “प्रिन्सिपल जस्तो व्यक्तिले यस्तो धोका देलान् भन्ने मैले सोचेकै थिईन । तर म ठूलो भ्रममा रहेछु ।”

लामाको केटी काण्ड मात्रै होईन उनले सरकारी छाप कीर्ते गरी नक्कली लाईसेन्स बनाएको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले समेत दोषी ठहर गरेको छ । २०७४ साल वैशाख २० गते अदालतले लामालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर गरी एक वर्ष कैद र ५० हजार जरिवाना समेत गरिसकेको छ । उनले यातायात कार्यालय काठमाडौंबाट नक्कली लाईसेन्स बनाएका थिए ।

नक्कली लाईसेन्स बनाएको आरोप लागेपछि लामालाई प्रहरीले बारम्बार खोजतलास गरिरहेको थियो । पछि उनी पक्राउ पनि परे । अदालतमा मुद्दा चलाईएपछि उनी अदालतबाट दोषी ठहर भएका हुन् । तर लामालाई अदालतबाट एक वर्ष कैदको सजाय सुनाईएपनि लामा अहिले सम्म पनि प्रिन्सिपलको रुपमा कार्यरत छन् । अदालतबाट सरकारवादी जस्तो गम्भीर प्रकृतिको मुद्दामा दोषी ठहर भईसकेका लामालाई स्कुलका सञ्चालकहरुले अहिलेसम्म हटाउन सकिरहेका छैन्न् ।

काभ्रेको कानपुर स्थायी घर भई हाल बनेपा बस्ने लामा अदालतबाट घरेलु हिंसा सम्बन्धी मुद्दामा पनि दोषी सावित भईसकेका छन् । उनलाई गत असार ६ गते अदालतले श्रीमती कुटेको आरोपमा दोषी ठहर गरी क्षतिपूर्ति बापत ५० हजार रुपैंया तिर्न आदेश दिएको थियो । तर अहिलेसम्म पनि उनले क्षतिपूर्ति नतिरेको स्रोतले जानकारी दिएको छ । – हाम्राकुराबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।