झनै चर्कियो गोर्खाल्यान्ड आन्दोलन, दुईवटा गाडीमा आगजनी

काठमाडौं, २६ साउन । दार्जीलिङका पहाडहरूमा गोर्खाल्यान्डको माग गर्दै भइरहेको आन्दोलनका क्रममा बुधवार दुईवटा गाडीमा आगजनी भएको छ ।

अनिश्चितकालीन हडतालको ५६औं दिनमा हिजो विशेष सुरक्षा व्यवस्थाका बाबजुद आगजनीको घटना भएको हो ।

प्रहरीका अनुसार बिहानीपख पत्रिका बोकेर हिँडेको एक ट्रकमाथि आन्दोलनकारीहरूले खर्साङमा आगजनी गरेका थिए र अर्को खाद्यसामग्री बोकेको ट्रकलाई कालिम्पोङमा आगो लगाइएको थियो ।

यसैबीच जुन महिनामा गरिएको आगजनीमा संलग्न रहेको आरोपमा गोर्खा जनमुक्ति मोर्चाकी एक कार्यकर्तालाई अहिले आएर पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।

गोजमोले केन्द्र सरकालाई संकट समाधानका लागि दिएको डेडलाइन अन्त्य हुनै लाग्दा प्रहरी र सुरक्षाकर्मीले विशेष सुरक्षा व्यवस्था अपनाएर कुनै अवाञ्छित घटना हुन नदिनका लागि निगरानी गरिरहेका छन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖