कहिले हुँदैछ धनकुटा नगरपालिकाको अधिबेशन ?
धनकुटा खबर, साउन ३२ । धनकुटा नगरपालिकाको प्रथम अभिवेशन भदौ ९ गते हुने भएको छ ।

उक्त अधिवेशनका लागि नगरपालिकाले बिभिन्न संघ÷संस्था र बिषयगत समितिहरु संग बैठक जारी रहेको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।
उक्त तयारीका क्रममा नगरपालिकाले बुधबार बिभिन्न संघ÷संस्थाका प्रतिनीधिहरुलाई बोलाएर बजेट बिभाजन र कार्यानवयनका बिषयमा सुझाव संकलन गरेको छ ।
कुल ४६ करोड १० लाख बरावरको बजेटका लागि १० वडाबाट ४ सय भन्दा बढी योजनाहरु माग भएको नगर प्रवत्ता जमशेर छाराले जानकारी दिनुभयो ।


