जापानमा नेपालको पहिलो जित

काठमाडौँ, ३२ साउन । एएफसी एसिया कपको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वानसेइ गाक्वुइन विश्वविद्यालयलाई पराजित गर्दै विजयी भएको छ ।

जापानमा आज भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका तेइस वर्षमुनि (यु–२३ ) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले गोल गरे । विमलले खेलको पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए । जापानका खेलाडीले खेलको २५ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै, सुमनले खेलको दोस्रो हाफको अतिरिक्त समय (९० प्लस १ ) मा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।

नेपालले जापान भ्रमणमा विभिन्न पाँच मैत्रीपूर्ण खेल खेल्नेछ जसअन्तर्गत नेपालले भोलि आफ्नो तेस्रो खेलमा अमिटिज स्पोर्ट्स् क्लबसँग खेल्नेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।