त्रिवेणी सहकारीको नवौं साभारण सभा सम्पन्न, शेयर सदस्यहरुलाई ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय
धनकुटा खबर, साउन १० । त्रिवेणी कृषि उपभोक्ता सहकारी संस्था लिमिटेड धनकुटाको संस्थाको नवौं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

सहकारीले आ.व.०७३÷०७४ मा संस्थाले आर्जन गरेको मुनाफावाट आफ्नो शेयर सदस्यहरुलाई प्रति शेयर कित्ता ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय सभाबाट पारित गरेको छ ।
त्रिवेणी कृषि उपभोक्ता सहकारी संस्थाका अध्यक्ष डिल्लीश्वर दर्नालले आ.व.०७३÷०७४ को आयव्याय तथा संस्थाको प्रगती प्रतिवेदन प्रश्तुत् गर्दै शेयर सदस्यहरु माँझ यस्तो जानकारी दिएका हुन । सो अवसरमा उनले संस्था जन्मेर आ.व.०७३÷०७४ सम्म आईपुग्दा नेपाल सरकारको एक लाख अनुदान र ३६ जना शेयर सदस्यहरुबाट संचालित सहकारीको शेयर सदस्य संख्या ८४ जना पुगेको वताए । शेयर सदस्यहरुको ७ लाख, ८५ हजार, ७ सय विज पुँजीवाट संस्थाको व्यावसाय संचालन भैरहेको वताएका छन् ।
जिल्ला सहकारी संघ धनकुटाका केन्द्रिय प्रतिनिधि खगेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न नौं औं वार्षिक साधरणसभामा लेखा समिति संयोजक लावन्य पोख्रेलले संस्थाको लेखा प्रतिवेदन प्रश्तुत् गरेका थिए ।
साधरण सभाले हरेक शेयर सदस्यले कम्तीमा ५ हजार देखी वढीमा ७२ हजारसम्म शेयर रकम थप गर्ने, शेयर सदस्यले शेयर रकम भन्दा वढी एकै पटकमा दैनिक उपभोग्य समाग्री वाँकी लान नपाउँने र लागी हाले १ महीना भित्रमा अनिवार्य तिर्नु पर्ने नतिरे १ प्रतिशत हर्जाना लगाउने लगायतको निर्णय गरेकोछ ।

