दुई महिनापछि दोक्लम पुगेको भारतीय सेना फिर्ता, चीनले दियो यस्तो चेतावनी…

काठमाडौ , १२ भदौ । चीन र भुटानको सीमाना दोक्लम पुगेको भारतीय सेना दुई महिनापछि फिर्ता भएको छ । केही भारतीय सञ्चारमाध्यमले दुबै देशका सेना दोक्लमबाट फिर्ता भएको बताए पनि चीनले भने भारतीय सेनामात्र फिर्ता भएको र आफ्नो सेनाले दोक्लममा गस्ती जारी राख्ने जनाएको छ ।

सोमबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पछिल्ला केही साता दोक्लम विवादबारे चीनसँग कुटनीतिक तहमा कुराकानी गरेको र दुबै देशले आ–आफ्नो चासो र चिन्ता व्यक्त गर्न सफल भएको बताएको थियो ।

‘यही आधारमा दोक्लममा रहेका सीमा सुरक्षा फौज तुरुन्त फिर्ता गर्न हामी सहमत भयौं र फौज फिर्ताको क्रम जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।

तर बेइजिङले भने दोक्लममा आएका सबै भारतीय सैनिक फिर्ता भइसकेको र चिनियाँ सेनाले त्यहाँ गस्ती गरिरहेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले आफूहरुले दोक्लमका सबै ठाउँमा जाँच गरेको र भारतीय सेना त्यहाँबाट हटिसकेको बताइन्। ‘चिनियाँ सैनिकले सार्वभौमिकताको रक्षाको लागि दोक्लममा गस्ती जारी राख्नेछ,’ उनले भनिन् ।

चीनसँग सीमा जोडिएको भुटानको २६९ वर्गकिलोमिटर दोक्लम क्षेत्र लामो समयदेखि विवादित छ । यसलाई भुटान र चीन दुवैले आफ्नो भूभाग भनेर दाबी गर्दै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।