एमालेको कारण भ्रष्टाचारीहरुको चुनाव लड्ने सपना चकनाचुर

काठमाडौं । ब्यवस्थापिका संसदको बिद्यान समितिले प्रमाणित भ्रष्टाचारी निर्वाचनमा उम्मेद्धार बन्न नपाउने कानुन पारित गरेको छ ।

शुक्रवार बसेको बिद्यान समितिको बैठकले फौजदारी र भ्रष्टाचार कसुरमा सजाय पाएका ब्यक्ति चुनाव लड्न नपाउने कानुन पारित गरेको छ ।

नेपाली कांग्रेसका १९ जना सांसदले सजाय काटिसकेका फौजदारी अभियोगका कसुरदारलाई पनि उम्मेद्धार बनाउन माग गर्दै संशोधन प्रस्ताव राखेका थिए ।

कांग्रेस भित्र भ्रस्टाचारि सजाय पाएका लाइ पनि चुनाब लड्न दिने भन्ने माहोल चलिरहेको बेला मा यतिबेला एकाएक भ्रष्टाचारी निर्वाचनमा उम्मेद्धार बन्न नपाउने कानुन पारित भएको छ ।

वरिष्ठ अधिबक्तासमेत रहेका राधेश्याम अधिकारीसहित १९ जना सांसद प्रमाणित भ्रष्टाचारीले पनि उम्मेद्धार बन्न पाउनु पर्ने माग राखेका थिए ।

तर एमाले सांसदहरुको कडाप्रतिवाद पछि सत्तापक्षका सांसदहरु पछि हटेका छन् । भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनु पर्ने भन्दै कांग्रेस सांसदले २० साउनमा संशोधन प्रस्ताव राखेका थिए ।

कांग्रेस सांसदका कारण बन्धक बनेको निर्वाचन कानुन शुक्रवार पारित भएको सांसदहरुले बताएका छन् ।

सत्तापक्षिय दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने पक्षमा थिए । तर एमालेले आगमी चुनावमा यही एजेण्डा उठाएर हमला गर्नसक्ने आशंका पाएपछि कांग्रेसका शिर्ष नेताहरु पछि हटेका थिए ।

भ्रष्टाचारको कसुर काटिसकेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का, चिरिन्जीवि वाग्लेले बिद्यान समितिमा निर्वाचन लडन पाउने गरी कानुन बनाउन लविङ थालेका थिए । तर एमाले सांसदहरुका कारण उनीहरुका लविङ औचित्यहिन भएको छ ।

बिधान समितिबाट निर्वाचन कानुन पारित भएको छ । पारित निर्वाचन कानुन शुक्रबारै ब्यवस्थापिका संसदमा लैजाने तयारी गरिएको छ । – गल्फफ्याक्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।