उडेको केही मिनेटमै जापानी जहाजमा पनि चरा ठोकियो, आकस्मिक अवतरण

टोकियो, २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।

जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ ।

हानेदा विमानस्थलबाटै बिहान उडेको बोइङ ७७७ विमानमा चरा ठोक्किएपछि इन्जिनमा असर परेको थियो । सो विमान उक्त विमानस्थलमा आकस्मिक अवतरण गरेको र त्यस क्रममा देब्रे तर्फको इन्जिनबाट धुवाँ पनि निस्किेको बताइएको छ ।

उक्त एउटा इन्जिनको प्रयोगगरी विमान आकस्मिक रुपम विमानस्थल पुगेको विमानचालक दलका सदस्यले जानकारी दिएका छन् ।

सो विमानले २५० जना यात्रु बोकेको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेले दिएको जानकारीअनुसार सो विमानमा रहेका सबै जना चालक दलका सदस्य र यात्रुहरु सकुशल रहेका छन् ।

कसैलाई पनि चोटपटक नलागेको समाचारहरुमा जनाइएको छ । अहिले नै के कति कारणले इन्जिन फेल भयो भन्ने बारेमा त केही भनिएको छैन ।

तर पनि विमानमा चरा ठोक्किएको कारण इन्जिनमा असर परेको हुनसक्ने अनुमान गरिएको प्रारम्भिक समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖