पूर्वी अफगानिस्तानमा आइएसका ११ जना सशस्त्र लडाकू मारिए

काबुल, २१ भदौ । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ ।

अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई नै लक्ष्य गरेर अफगान सेनाले उक्त प्रान्तमा बुधबार बिहानै हवाई कारबाही गरेको थियो ।

सो कारबाहीमा परी ११ जना लडाकू मारिएको पुष्टी यहाँको गृह मन्त्रालयले गरेको समाचारमा उल्लेख गरिएको छ । मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनेको छ– आज बिहानै आतङ्ककारीहरुका विरुद्धमा अफगान सेनाले गरेको कारबाहीका क्रममा ११ जना आतङ्ककारी मारिएका छन् ।

मारिएका ती लडाकू आइएस सम्बद्ध लडाकू रहेको उक्त विज्ञप्तिमा जनाइएको छ । आइएसका लडाकूले पूर्वी अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सेनासँग भिडन्त गर्ने गरेको छ ।

सोही कारण पनि पछिल्लो समयमा अफगानिस्तानको सेनाले उनीहरुका विरुद्धमा कारबाहीलाई तीब्र पारेको छ । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।