महानगरपालिका मा भाँडभैलो, जनप्रतिनिधि दुई धुव्रमा बाँडिए

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि दुई धुव्रमा बाँडिएका छन्। निर्वाचित भएर कार्यभार सम्हालेको सय दिन वरपर नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि दुई धुव्रमा देखिएका छन्। नागरिक न्यूजमा खबर छ ।

दुई पार्टीबीच किचलो बढेपछि नगर कार्यापालिकाको बैठक समेत लामो सयमदेखि बस्न सकेको छैन्। महानगरका महत्वपूर्ण निर्णयहरु यही बैठकमार्फत पारित गर्नुपर्छ। साउन ८ गतेपछि कार्यपालिकाको बैठक नै बस्न सकेको छैन।

साउन ८ गतेपछि बुधबार डाकिएको बैठकमा पनि जनप्रतिनिध दुई ध्रुवमा देखिएपछि सम्पन्न हुन सकेन । बिहान ८ बजे डाकिएको बैठक ११ बजेसम्म हुन नसकेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मात्रै बसेर बैठक गरेको स्रोतले जानकारी दियो।

महानगरपालिकामा एमालेको तर्फबाट मेयर विद्यासुन्दर शाक्यसहित १९ र कांग्रेसतर्फबाट उपमेयर हरिप्रभा खड्गी सहित १५ जना जनप्रतिनिधि रहेका छन्। महानगरमा ३२ वडा रहेका छन् ।

यस अघि पनि मेयरले एक लौटी निर्णय गरेको भन्दै कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि रुष्ट हुँदै आएका थिए । उपमेयर खड्गीलाई कुनै जानकारी नगरी कर्मचारीको सरुवा गरेपछि साताअघि मेयर उपमेयरको बोलचाल समेत बन्द भएको थियो । मेयर शाक्यले जनमुखी अजेन्डा नल्याएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बैठकमा सामेल भएनन् ।

‘कार्यपालिकाको बैठकका निर्णय होस् वा अन्य निर्णय मेयर शाक्यले एक्लै गर्दै आउनु भएको छ,’ उपमेयर खड्गीले भनिन्, ‘सँधै यस्तै गरिरहनु भएको छ । पटक पटक भन्दा पनि अटेर गरेपछि आजचाँही बैठक नै बहिष्कार गरेका हौं ।’ मेयर शाक्यले कुनै अजेन्डा बनाउन पनि आफ्नो सल्लाह नलिएको खड्गीले बताईन्। कांग्रेसबाट जितेका जनप्रतिनिधि शाक्यले नरुचाएको उनको भनाई छ । ‘कि हाम्रो पनि अजेन्डा र सहमती जुटाउनुपर्की’ उनले भनिन्, ‘कि कानूनी अधिकार छैन् भन्न पर्यो । हामी अधिकार खोज्न जान्छौं ।’

यस अघि पनि मेयरले एक लौटी निर्णय गरेको भन्दै कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि रुष्ट हुँदै आएका थिए । उपमेयर खड्गीलाई कुनै जानकारी नगरी कर्मचारीको सरुवा गरेपछि साताअघि मेयर उपमेयरको बोलचाल समेत बन्द भएको थियो ।

यस पटकको बैठकमा पनि मेयर शाक्यले ल्याएका कुनै अजेन्डा पनि जनमुखी नभएको कांगेसबाट निर्वाचित जनप्रतिनिधिको धारणा छ। स्रोतका अनुसार मेयर शाक्यले सडकको नाम परिवर्तन गर्ने, प्रहरीको खाजा खर्च वृद्धि गर्ने, कर्मचारी करारमा थप्ने, करारका कर्मचारीको समयवधि थप्ने, आर्थिक सहायता दिने, कर्मचारीको सेवासुविधाको पुनरालोकन गर्ने, बागदरवारको पूनर्निर्माण गर्ने, विदेश भ्रमणको जानकारी गराउने लगायतका अजेन्डा अघि सारेका थिए।

‘मेयर सा’पले बैठकमा पारित गराउन ल्याएका कुनै अजेन्डा पनि जनमुखी देखिएनन्,’ महानगर वडा १६ का वडाध्यक्ष मुकुन्द रिजालले भने, ‘जन्ताको काम गर्न गएका हामी जन्ताको हितमा काम नभएपछि बैकठ गर्नुको औचित्य नठानेर बहिस्कार गरेका हौं ।’ उनका अनुसार कांगेसबाट निर्वाचित जनप्रतिनिधिका कुनै अजेन्डा पनि बैठकमा राखिएको थिएन् । कर घटाउनुपर्ने, भवन प्रमाणिकरण गराउनुपर्ने लगायतका अजेन्डा समेट्नपर्ने आफुहरुको माग रहेको उनले बताए। सहमती नजुटेपछि बिहीबार ८ बजे पुनः कार्यपालिकाको बैठक बस्नको लागि बोलाइएको उनले जानकारी दिए।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने सामान्य असहमतीको कारणले बैठकमा सामान्य प्रभावित भएको बताए । बैठक बहिस्कार भनेपनि धेरै कांग्रेस जनप्रतिनिधिले हाजिर गरेको उनले जानकारी दिए।

मेयर शाक्यले चुनावी समयमा एक सय दिनमा एक सय एक काम गर्ने प्रतिवद्धता गरेपनि सामान्य काम समेत हुन नसकेको भन्दै सामाजिक सञ्जालमा मेयर शाक्यको टिप्पणी हुन थालेको छ। शाक्यले भने आफ्नो प्रतिवद्धता अनुसार भए नभएका काम बारे जानकारी दिनको लागि विहिबार नै पत्रकार सम्मेलन गर्दैछन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖