देउवालाई आफ्नै महामन्त्रीले फोनै गरेर ठीक हुँदैन भन्दै चेतावनी दिएपछि…
नेपाली कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा एक सय ३६ वटै स्थानमा उम्मेद्धवारको नाम टुँगो लगाएको छ ।पार्टीको टिकट वितरण समितिका(संयोजक) महामन्त्री डा. सशांक कोइराला हुन् ।

उनले आफूले सिफारिश गरेर बुझाएको नाम तलमाथि हुने आशंका आफूलाई भएपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर आफूले सिफारिश गरेको नामहरु नकाट्न चेतावनी दिएकाहुन् ।
अस्ति मंगलबार अपरान्त महामन्त्री कोइरालाले पार्टी सभापति देउवालाई फोन गरेको स्रोतको दाबी ।
कोइराला र देउवावीचको फोनबार्ता उल्लेख गर्दै स्रोतले भन्यो,‘शेरबहादुरजी मैले बनाएको नाम लिष्टमा चेन्ज गरे विवाद आउँँछ, एक ईन्चपनि त्यो लिष्टका नामहरु तलमाथि नगर्नुहोस्, एउटापनि नाम नकाट्नुहोस्।’
२ नम्बर प्रदेशमा आफूले भनेका नेताहरुलाई मात्रै उम्मेद्धवार बनाउनुपर्ने जिकिर गर्दै विमलेन्द्र निधिले देउवालाई दबाब दिएको थाहा पाएपछि महामन्त्री कोइरालाले देउवालाई फोन गरेर यस्तो चेतावनी दिएकाहुन् ।- रिपोर्टर्सनेपालडटकमबाट ।


