ठूलो संख्यामा सुरक्षाकर्मी सहित कर्फ्यू लगाएर बलात्कारी बाबाको हेडक्वार्टरको खानतलासी

एजेन्सी, भदौ २३ । भारतमा बलात्कारमा संलग्न कथित बाबा राम रहिमको आश्रममा सुरक्षा टोलीले छापा मारेको छ । शुक्रबार बिहान सुरक्षाकर्मीको ५० टिम प्रवेश गरी छापा मार्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीको एक टिममा ६० सदस्य रहेको बताइएको छ । छापा मार्न गएको टिममा बैंकका एक सय कर्मचारी, ताला फुटाउनका लागि २२ जना लोहारसहितको टोली खटिएको छ ।

हरियाणाको सिरसास्थित ती बाबाको विशाल दरबारमा अलग अलग स्थानमा अलग अलग टोलीले छापा मार्नेछ । विशाल दायरामा रहेको उक्त दरबारमा कतै खन्नु वा भारी चीज उठाउनु परेमा डोजर तथा क्रेनको सहायता आवश्यक पर्ने भन्दै सुरक्षा टोलीले त्यस्ता यन्त्र तथा उपकरण पनि लिएर गएको छ ।

छापा मार्ने क्रममा सबै घटनाक्रमलाई भिडियोमा रेकर्ड गर्ने व्यवस्था गरिएको छ । सहरमा सुरक्षा व्यवस्थालाई कडा तुल्याउनुका साथै कर्फ्यु समेत लगाइएको छ ।

कथित बाबाका अनुयायीले विरोध प्रदर्शन गर्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बाबाको दरबार आसपास मिडियालाई जानसमेत रोक लगाइएको छ ।

आफ्नो आश्रममा आएका महिलालाई यौन शोषण गरेको आरोपमा उनलाई हालै अदालतले कैद सजाय तोकेको छ । दुई अलग घटनामा उनलाई १०÷१० वर्ष गरी जम्मा २० वर्ष जेल सजाय तोकिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖