मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मेक्सिको सिटी, २३ भदौ । मेक्सिकोमा बिहीबार अबेररातितिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ ।

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भए पनि उक्त भूकम्प निकै शक्तिशाली भएकोले राजधानीसम्म पनि कम्पन महसुश गरिएको बताइएको छ ।

उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ ।

उक्त भूकम्पको केन्द्रबिन्दू सहरबाट टाढा रहेको छ । चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट उक्त भूकम्पको केन्द्रबिन्दु करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ ।

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सुनामीको खतरा, सामुद्रिक क्षेत्र वरपर सतर्कता

यसैबीच उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरुमा सतर्कता अपनाइएको छ ।
समुद्री सतहका बस्तीहरु खाली गर्ने क्रम सुरु भएको छ । भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ ।

भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटरसम्म परसम्म पुगेको थियो । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन् । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖