१२ दिन पछि धनकुटा स्थित तमोर नदी किनारमा बेबारिसे अबस्थामा भेटिएको शवको शनाखत, को थिए उनी ?

धनकुटा खबर, भदौ २६ गते । १२ दिन पछि धनकुटाको मुलघाट नजिक तमोर नदी किनारमा बेबारिसे अबस्थामा भेटिएको शव फिदिम–५,पाँचथरका ४७ बर्षीय राजेन्द्र कुमार तुम्वाफुको शवको आईतबार शनाखत भएको छ ।

धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा गत बुधबार वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

उहँका अनुसार मृतकका काका भरत तुम्वाफुले कुहिन थालेको अवस्थामा रहेको उक्त शवको दाहिने कन्चटमा रहेको खतका आधारमा शवको पहिचान गरेको बताउनु भयो ।

जिल्ला पशुसेवा कार्यालय पाँचथरमा कार्यालय सहयोगीका रुपमा कार्यरत तुम्वाफु भदौ २ गतेदेखि सम्पर्क बिहिन भई भदौ ९ गते स्थानीय कावेली खोला नजिक देखेको स्थानीयबासीले बताएका छन् ।

त्यसपश्चात १२ दिनपछि तमोरमा कान र लिंग पनि चुटिएको र शरिर नचिनिनेगरी सुनिएको अवस्थामा फेला परेको सबको चार दिनपछि शनाखत भएको हो ।

मृत्युको कारण नखुले पनि अत्याधिक माधक पदार्थ सेवन गर्ने उहाँको स्वभाव रहेका कारण उक्त घटना भएको, मृतकको शवलाई जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको धनकुटामा खटिएका प्रहरीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।