धनकुटा सिधुवा स्थित सरस्वती माविमा पहिलो पटक शिक्षक अभिभावक सघंको अध्यक्षमा महिला
धनकुटा खबर, २६ भाद्र । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न.६ सिधुवामा रहेको सरस्वती माविमा पहिलो पटक शिक्षक अभिभावक सघंको अध्यक्षमा महिला चयन हुनुभएको छ ।

आज भएको अभिभावकहरुको भेलाले शिक्षक अभिभावक सघंको अध्यक्षमा गोमा कार्की दाहाललाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा सरिता बस्नेत,लोकवहादुर खड्का,चन्द्र मगर,खगेन्द्र सिजाली,लिला घिमिरे,हरि ओझा र लोकेन्द्र चाँपागाई रहनुभएको स्थानियवासी दिवेस खड्काले जानकारी दिनुभयो ।


