संयुक्त मावि मुढेवासले सार्वजनिक गर्यो ७० लाखको आयव्यय !
धनकुटा खबर, भदौ २८ । धनकुटाको चौविसे गाउपालिका मुढेवास स्थितको संयुक्त माद्यमिक विद्यालयको लेखा परिक्षण वैठक आज सम्पन्न भएको छ ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा सञ्चालित लेखा परिक्षण वैठकमा विद्यालयका प्रधानाध्यापक वीर वहादुर लिम्वुले ६९ लाख ६१ हजार ३ सय ६० रुपयाँ वरावरको वार्षिक आयव्यय प्रस्तुत गर्नूभयो ।
साथै उहाँले विद्यालयको शैक्षिक,भौतिक तथा अािर्थक पक्षको प्रगति र समस्याहरुको वारेमा सेमत वैठकमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
लेखा परिक्षण वैठकमा विद्यालय व्यवस्थापन समितिका सदस्य सञ्च वहादुर मादी,ईलाका हुलाक कार्यलयका ईञ्चार्ज कुल वहादुर लिम्वु र शालिग्राम पौडेलले मन्तव्य राखेका विद्यालयले जनाएको छ ।


