शुभकामना आदानप्रदान तथा विदाई कार्यक्रम सम्पन्न
धनकुटा खबर, १ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न.२ बुढिमोरङ्गमा रहेको रामनवमि माविमा शुभकामना आदानप्रदान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रवहादुर ईङ्गनामको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय तहको निर्वाचनमा वडा न.१ र २ वटा निर्वाचित जनप्रतिनिधिहरुलाई वधाई सहित सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ ।
यसैगरि मोरङ्ग जिल्ला र धनकुटाको आहालेमा सरुवा भएर जान लाग्नुभएका तिन जना शिक्षकलाई विदाई गरिएको विद्यालयका शिक्षक गिता चेम्जोङ्गले वताउनुभयो । यसरी विदाई हुने शिक्षकहरुमा हेमराज दाहाल,भागवत घिमिरे र थामवहादुर राई रहनुभएको छ । शिक्षकहरु हेमराज दाहाल,भागवत घिमिरे मोरङ्ग जिल्ला सरुवा भएर जान लाग्नुभएको छ भने थामवहादुर राई आहाले सरुवा भएर जान लाग्नुभएको हो ।
सो अवसमा वडा न.१ का वडा अध्यक्ष तिलकवहादुर लिम्वु,वडा न.२ का वडा अध्यक्ष दलवहादुर ईङ्गनाम लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा कार्यक्रमको औचित्यको वारेमा विद्यालयका प्रध्यानाध्यापक रमेश ईवाहाङ्गले प्रकाश पार्नुभएको थियो भने सञ्चालन शिक्षक दिपक अधिकारीले गर्नुभएको थियो ।


