बिमित आमाको मृत्यु भएपछि तीन छोरा-छोरीले पाए बीमा रकम
एशियन लाईफद्वारा बीमा रकम भुक्तानी
धनकुटा खबर । एशियन लाईफ ईन्योरेन्स कम्पनीले धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभुमि गाउँपालिका एक परिवारलाई बीमा दाबी भुक्तानी रकम दिएको छ ।

१५ बर्षे बाल उमंग बीमा गर्ने छिन्ताङ्ग २ की बिमित मिना लिंखाको मृत्यु भएपछि उनका ६ बर्षिय छोरा सक्षम राई ७ र १३ बर्षिया छोरी कृस्टिना र केमिसा राईलाई कम्पनीले बीमा रकमको हस्तान्तरण गरेको हो ।
ईन्योरेन्सको धनकुटा उप–शाखाले सोमबार धनकुटामा धरान शाखाका बिजनेस म्यानेजर प्रकाश निरौलाको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम गरी ५ महिनाको पढाई खर्च बापत १५ हजार ७ सय ५० रुपैंया उपलब्ध गराएको हो ।
कम्पनीले धनकुटा उप–शाखाका प्रमुख उमादेवी आचार्य, धरान शाखाका प्रवन्धक तिलक कालिकोटे र महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शु नेपालमार्फत् उक्त चेक रकम हस्तान्तरण गरेको हो ।
३ लाख १५ हजार बरावरको बिमा गरेका उनीहरुलाई १६ बर्षको उमेर सम्म कम्पनीले मासिक रुपमा पढाई खर्चबापत ३ हजार १५ रुपैंया उपलब्ध गराउने धरान शाखाका प्रवन्धक कालिकोटेले कार्यक्रममा जानकारी दिनुभयो ।
बिमाको २ बर्षको अवधीमा देहान्त भएका लिंखाको परिवारले अब मासिक प्रिमियम रकम जम्मा गर्न नपर्ने र बिमा अवधी समाप्त भएपछि बिमा रकममा बोनस थपेर रकम पाउने धनकुटा उप–शाखाले जानकारी दिएको छ ।


