अमेरिकाले कोरियाली आकाशमा युद्धक विमान र बम वर्षक विमान उडाएर शक्ति प्रदर्शन गर्यो

एजेन्सी, अमेरिकाले कोरियाली प्रायद्वीपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएर शक्ति प्रदर्शन गरेको छ । दक्षिण कोरियाली युद्धक विमानका साथ सैन्य अभ्यास गर्दै अमेरिकाले बम आक्रमण गर्ने अभ्यास गरेको हो । अमेरिकाका चारवटा युद्धक विमान र दुईवटा बम वर्षक विमानले कोरियाली प्रायद्वीपमाथि उडान भर्दै उत्तरलाई तर्साउन खोजेका थिए ।

दक्षिण कोरियाली समाचार समिति योन्हापका अनुसार अमेरिकाले युएस चार एफ–३५बी स्टेल्थ जेट र दुईवटा बी–१बी रणनीतिक बमवर्षक विमान प्रयोग गरेको थियो ।

उत्तर कोरिया र अमेरिकाबीच विवाद बढ्दै गएका बेला भएको युद्धाभ्यासले यस प्रायद्वीपमा तनाव अझै बढ्ने अवस्था देखिएको छ । उत्तर कोरियाले शुक्रबार मात्रै जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । केही साताअघि उत्तर कोरियाले हाइड्रजन बम मिश्रित क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसकै प्रतिउत्तरमा अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको दक्षिण कोरियाका रक्षामन्त्रीले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अमेरिकी युद्धक विमान र बम वर्षक विमानले कोरियाली प्रायद्वीपमा उडान भरेर अमेरिका र दक्षिण कोरियाको साझा शक्ति देखाएर उत्तरलाई जवाफ दिएको उल्लेख छ । उत्तर कोरियाका परमाणु र क्षेप्यास्त्र आक्रमणको धम्की रोक्न पनि यस्तो गरेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले ३ सेप्टेम्बरमा परीक्षण गरेको छैटौं एवं सर्वाधिक शक्तिशाली आणविक परीक्षण र जापानमाथि गरिएको क्षेप्यास्त्र प्रहारपछि अमेरिका आक्रामक रूपमा देखिएको हो । दक्षिण कोरियाले दुई देशबीच आफ्नो साझा शक्ति प्रदर्शन गर्न यस्ता अभ्यास गरिरहने प्योङयाङले स्पष्ट पारेको छ ।

अमेरिकाले प्योङयाङमाथि लगातार दबाब बढाइरहेको छ । हालै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हालेले आफ्नो हठ नछोडे उत्तर कोरिया ध्वस्त हुने चेतावनी दिएकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।