बुद्ध लामा बने नेपालकै पहिलो ‘नेपाल आईडल’ ! (भिडियो सहित)
धनकुटा खबर । नेपालमा पहिलो पल्ट भित्रिएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल आईडल” को बिजेता बुद्ध लामा घोषित भएका छन । त्यस्तै फस्ट रनर अप निशान भट्टराई र दोस्रो रनर अप प्रताप दास भएका छन । आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन ।

गायन बिधामा सर्वश्रेष्ठ ठहरिएको उक्त शो को फाईनल कतारको दोहामा आज सम्पन्न हुँदै बिजेता घोषित भएका हुन । एपिवान टेलिभिजनको आयोजनामा नेपाल भित्रीएको उक्त शोको नेपालभरीका मुख्य ७ सहरमा अडिसन हुँदै हजारौं प्रतिष्पर्धिहरुलाई सामेल गराईएको थियो । पछिल्लो समय भोटिङलाई जर्जिङ पावरको रुपमा आम दर्शकलाई निर्णायक भुमिकाको रुपमा छोडिएको थियो । सुरुवाती शो बाटै व्यापक बिरोध र चर्चा संगै नेपाल आईडल टीमले अदालतमा मुद्दाको तारिक समेत खेप्नु परेको थियो ।


