म्यानमारमा २८ जना हिन्दू नागरिकको शव भेटियो

याङ्गुन, ९ असोज । म्यानमारको उत्तरी राज्य राखिनको माउङ्गताउ क्षेत्रमा २८ जना हिन्दू गाउँलेको शव भेटिएको छ ।

म्यानमारको सरकारी समाचार समितिले दिएको समाचारअनुसार गत अगस्त २५ मा आराकान रोहिङ्गा सल्भासन आर्मी (एआरएसए) अतिवादीका करिब ३ सय आतंककारीले गरेको आक्रमणमा ती २८ व्यक्ति मारिएको अनुमान गरिएको छ ।

यद्यपि यस विषयमा अझै अनुसन्धान जारी रहेको बताइएको छ । म्यानमारको राखिन राज्यमा रोहिङ्गा मुसलमान समूदायको बसोबास रहेको छ ।

उक्त समुदायका नागरिकहरुको बस्तीमा गत अगस्ट २५ बाट जारी द्वन्द्वमा चार लाख ३६ हजार नागरिक भागेर बङ्गलादेश बिस्थापित भएका छन् ।

बङ्गलादेश जाने क्रममा र राखिन राज्यमा नै द्वन्द्वको क्रममा सयाँै व्यक्तिले ज्यान गुमाएका छन् । ज्यान गुमाउने रोहिङ्गा मुसलमान र हिन्दू दुवै रहेका छन् ।

रोहिङ्गा समुदायसँगको झडपका कारण ती हिन्दूहरु मारिएका हुनसक्ने अनुमान गरिएको भए पनि यसको तथ्य भने बाहिर आएको छैन । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖