साउदीमा अब महिलाले पनि गाडी चलाउन पाउने

साउदी अरबमा अब महिलाहरूले पनि गाडी चलाउन पाउने भएका छन् । साउदी राजा सलमान बिन अब्दुल अजिल अल सौदले महिलाहरूलाई पनि ड्राइभिङ लाइसेन्स जारी गर्न शाही आदेश जारी गरेका हुन् । यसअघि साउदी अरब महिलालाई गाडी चलाउने अधिकार नभएको विश्वकै एक मात्र देश थियो ।

यो आदेशका बारेमा सुझाव दिन ३० दिनभित्र मन्त्री स्तरीय समिति गठन गरिनेछ भने आदेश सन् २०१८ को २४ जुनसम्म लागू हुनेछ । महिला अधिकारवादीहरूले सन् १९९० देखि नै महिलालाई यो अधिकार दिनुपर्ने माग गर्दै आएका थिए । साउदी अरबको यो कदमको विश्वका अधिकारवादीहरूले प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टीट गर्दै यसलाई महिला अधिकारको प्रवद्र्धनका लागि सकारात्मक कदम भनेका छन् । अमेरिकाका लागि साउदी राजदूत खलिद विन सलमानले अब ड्राइभिङ शिक्षा लिन अब महिलाहरूलाई पुरुषको सहमति आवश्यक नभएको र उनीहरूले आफूले चाहेको स्थानमा गाडी चलाउन पाउने बताए । उनले साउदीको यो कदम ‘ऐतिहासिक र महान् दिन’ भएको उल्लेख गर्दै सही समयमा लिइएको सही निर्णय भएको बताए ।

अभियानकर्ता साहर नसिफले बीबीसीसँग निर्णयले आफू निकै उत्साहित भएको बताएकी छन् । उनले अब छिट्टै आफ्नो ड्रिम कार किन्ने योजनामा रहेको बताइन् । सन् २०१४ मा गाडी चलाएबापत् ७३ दिनको जेल सजाय सुनाइएकी अधिकारवादी लुजेन अल हाथलुलले ‘भगवान्लाई धन्यवाद’ भन्दै ट्वीट गरेकी छन् । कान्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।