अमेरिकाको लस एन्जलसतर्फ उडिरहेको विमानको आकस्मिक अवतरण

ओट्टावा, (क्यानाडा । फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ ।

सो विमान पेरिसबाट संयुक्त राज्य अमेरिकाको लस एन्जलसतर्फ उडिरहेको थियो । गन्तब्यतर्फ जाने क्रममा आन्ध्र महासागर माथि उडिरहेको अवस्थामा विमानका चारवटामध्ये एउटा इन्जिनमा आगलागी भै विस्फोट भएको थियो ।

एयर बस कम्पनीद्वारा फ्रान्स मै निर्मित, ए–३८० मोडेलको सो विमान विश्वमा हालसम्म उत्पादित यात्रुबाहक विमानहरुमध्ये सबभन्दा विशाल कायको मानिन्छ ।

आगलागी भई एउटा इन्जिन विस्फोट भएपछि तत्कालै चालक दलले उक्त विमानलाई क्यानाडाको लाब्राडर प्रान्तको गूज बे विमानस्थलमा अत्यन्त सकुशल अवतरण गराएका थिए ।

विमानमा सवार ५२० जना यात्रुहरुमध्ये धन्न कसैलाई केही पनि नभएको जनाइएको छ । विमान आकस्मिक अवतरणको क्रममा इन्जिनको ढक्कन (काउलिङ्ग) लगायत इन्जिनका अन्य मुख्य मुख्य पार्टपुर्जाहरु टुक्रा टुक्रा भै धावनमार्गमा खसेर टाढाटाढासम्म यत्रतत्र छरपस्ट भएका थिए ।

विमानमा सवार यात्रुहरुले बताए अनुसार साँढे छ घण्टा उडिसकेपछि सो विमानभित्र भयङ्कर विस्फोटको आवाज सुनिए ता पनि चालक दलको कार्य कुशलताले सुरक्षित अवतरण भएको, कुनै भय, त्रास वा भागदौड मच्चिने स्थिति आउनै नपाई नियमित यात्रासरह सामान्य अवस्था रहेको थियो ।

इन्जिन फेर्ने लगायत अन्य सम्पूर्ण मर्मत सम्भारपश्चात् उक्त बिमानलाई फिर्ता लगिने एयर फ्रान्सले जनाएको छ । रासस/सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖