लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो

लस भेगस, १७ असोज । अमेरिकी सहर लस भेगसमा आइतबार राति भएको भिषण आक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ५९ पुगेको छ । अरु ५२७ जना घाइते छन् ।

घाइतेहरु अस्पताल भर्ना भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुने व्यक्तिको संख्या अझै बढ्नसक्ने चिकित्सकहरुले बताएका छन् ।

उपचाररत चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, निकै आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् ।

किन भयो आक्रमण ?

अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । उसले भनेको छ– के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ ।

अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ । यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको बताइएको छ ।

उक्त गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा पनि प्रहरी अनुसन्धान जारी छ ।

आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ ।
तर सो लस भेगस गोलीकाण्डका आक्रमणकारी के कस्तो प्रकृति र स्वभावका थिए र किने आक्रमण गरेका हुन् भन्ने बारेमा प्रहरीले अहिलेसम्म केही भन्न सकेको छैन ।

प्रहरीले भनेको छ– हामीले अनुसन्धान जारी राखेका छौँ, तर प्याडकलले आक्रमण गर्नुको उद्देश्यबारेमा भने अहिलेसम्म पनि थाहा हुन सकेको छैन ।

आइएसद्वारा आफ्नो संलग्नताको दाबी

यसैबीच अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले भने आइतबार रातिको सो घटना आफ्नो संगठनमा आबद्ध प्याडकले गरेका र जिहादिस्टको चाहनाबमोजिम नै सो आक्रमण भएको जनाएको छ ।

उक्त संगठनको प्रतिक्रिया भन्दै दिइएका समाचारहरुमा उक्त संगठनको समन्वय र आग्रहबमोजिम नै उक्त घटना भएको हो भनी आइएसको भनाईलाई राखिएको छ ।

तर यो दाबीको प्रहरीले भने सुरुदेखि नै अस्वीकार गर्दै आएको छ । प्रहरीले उक्त दाबी झुठ भएको र प्याडकको उक्त संगठनसँग कुनै संलग्नता रहेको बारेमा केही प्रमाण नभेटिएको प्रहरीको दाबी छ ।

अनुसन्धानमा संलग्न अमेरिकी प्रहरीले भनेका छन्– अहिलेसम्मको अनुसन्धाबाट आइएससँग आक्रमणकारी प्याडकको संलग्नताको कुनै प्रमाण भेटिएको छैन ।

तर पछिल्लो एक समाचारमा उनी बसेको सोही होटलको कोठाबाट २३ वटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसका साथै प्रहरीका अनुसार प्याडकको नेभाडा राज्यस्थित आफ्नो घरबाट पनि केही हातहतियार र गोलीगट्ठा बरामद गरिएको छ ।

यी दुई घटनापछि भने प्रहरीले प्याडकको अन्तर्राष्ट्रिय संगठनसँगको सम्बन्धको बारेमा आशङ्का बढेको जनाएको छ । तर प्रत्यक्ष संलग्नताको प्रमाण भने जुटिसेको छैन ।

प्रहरीले अहिलेसम्म नै बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकू समूह आइएसबीच कुनै पनि खालको सम्बन्धको कुनै प्रमाण नभेटिएको बताइरहेको छ ।

प्रहरीले ती व्यक्तिका आफन्त, साथीभाईहरुसँग उनको खानपिन, आनिबानी तथा अन्य स्वभाव र व्यहोराका साथै प्याडक विगतमा कुनै आपराधिक क्रियाकलापमा संलग्न रहे नरहेको बारेमा थप खोजी जारी राखेको छ । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖