प्रचण्डकी बुहारी सिर्जनासँग चुनाव लड्ने पैसा नभएपछि…

काठमाडौ । साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे।

उनको भनाइलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ। त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले ईच्छा भएर पनि प्रदेशसभामा लड्ने आँट देखाइनन्।

असोज ४ र ५ मा माओवादीको कास्की क्षेत्र नम्बर ३ को बैठक बस्यो। बैठकको उद्धेश्य प्रदेश र संघको निर्वाचनमा क्षेत्रबाट उम्मेदार सिफारिस गर्नु थियो ।

सिर्जना मतदाता रहेको क्षेत्र ३ क बाट उनीसहित राजु तिमिल्सिना र तीर्थ लुईटेलको नाम प्रदेशसभाको उम्मेदवारमा सिफारिस भयो। उनले स्वेच्छाले उम्मेदवारी दर्ज गर्ने निर्णय गरेकी थिइन्। तर, अन्तिममा आएर ब्याक भइन। उनी पछि हट्नुको कारण थियो, चुनावमा गर्नुपर्ने खर्चको अभाव।

‘अहिले जोसंग पैसा छ, त्यसैले चुनाव लड्ने हिम्मत गर्न सक्छन्’, दसैं मनाउन हेम्जास्थित माइतिघर आइपुगेकी उनले भनिन्, ‘मेरो आर्थिक कमजोर छ।’

पार्टीको केन्द्रीय सदस्य उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन्। – कान्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖