सिपी गजुरेलले भने,- वाम एकता कलंक कम्युनिष्टहरुको र भ्रष्टाचारीहरुको अखडामात्रै हो

काठमाडौं, १८ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रवीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिएका हुन् । उनले भने,‘यो वाम एकताको प्रयास नै गलत छ, हुन त यो गठबन्धनले केही प्रभाव पार्दैन्, र तीन पार्टीहरु अब दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियाकरणको बाटोमा अघि बढेका छन्, त्यसैले उनीहरुको मोर्चा प्रतिक्रियाकरणको मोर्चा हो।’

एमाले, माओवादी र नयाँ शक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको उनको आरोप थियो । उनले भने,‘यीनीहरुको यो वाम तालमेलबाट कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउने कुरा त परै जाओस्, एकीकृत कम्युनिष्ट पार्टी बन्नेवाला पनि छैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमालेको सच्चा देशभक्तको खोलपनि अहिले आएर नाँगिएको बताए । उनले भने,‘एमालेको देशभक्तको मुकुण्डो उदागियो, कम्युनिष्टहरुको नाममा कलंक हो, यो त भ्रष्टाचारीहरुको अखडा हो ।’ यद्धपी उनले तीन पार्टीवीचको गठबन्धनले नेपाली राजनीतिमा नयाँ धुव्रिकरण भने ल्याउने विश्वास दिलाए ।

त्यस्तै उनले माओवादी केन्द्र जनयुद्धको असली उत्तराधिकारी नभएको समेत आरोप लगाए । उनले भने,‘हुन त माओवादी केन्द्रले हामी नै जनयुद्धको उत्तराधिकारी हो भनेर जनतामा भ्रम पारो, तर यो सब झुठको खेती हो।’

उनले क्रान्तिकारी र देशझत्तहरु सचेत भएर मोर्चावन्दीमा जुट्नुपर्नेमा समेत जोड दिए । उनले भने,‘यो देशमा क्रान्तिकारीहरु शक्तिहरु छन्, त्यसैले अब एक भएर जुट्नुपर्छ।’ एमाले र माओवादी केन्द्रको एकताको प्रयासले कांग्रेसभित्रपनि समस्या देखा परेको उल्लेख गर्दै कांग्रेसले छट्पटीमा पञ्चहरुलाई खोज्न थालेको उनको गुनासो थियो ।

नेता गजुरेलले एमाले र माओवादी केन्द्रको यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेको दाबी गरे । उनले भने,‘यो गठबन्धन भ्रष्टहरुको सञ्जाल हो, यसले मुलुक र जनताको लागि केही पनि गर्न सक्दैन्, तपाई लेखेर राख्नुहोस्, यहाँ सच्चा कम्युनिष्टहरु छैनन्।’ उनले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले त धेरै पहिल्यैदेखि नै कम्युनिज्म त्यागेको घोषणा गरेकोले उनी पनि यही मोर्चामा आउनु उनको लागि पनि नाँगो भएको आरोप थियो ।

उनले माओवादी केन्द्रले त एमालेसँग एकता गरेको नभएर आत्मसर्मण गरेको आरोप लगाए ।

गजुरेलले एमाले, माओवादी र नयाँ शक्तिवीचको तालमेलले कम्युनिष्टहरुको मुल प्रवाह कुनैपनि हालतमा बन्नै नसक्ने ठोकुवा गरे । – रिपोर्टर्स नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖