साउदी अरेबियाले अमेरिकासँग आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने

वासिङटन । साउदी अरेबियाले अमेरिकासँग आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किन्ने भएको छ । उक्त सम्झौतामा अमेरिकाले हस्ताक्षर गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सम्झौताले अमेरिकाको राष्ट्रिय सुरक्षा प्रदान कार्यमा महत्वपूर्ण भूमिका खेल्ने छ । उक्त सम्झौता करिब १५ अर्ब अमेरिकी डलर बराबरको रहेको पनि मन्त्रालयले बताएको छ ।

उक्त सम्झौताले साउदी अरबलाई इरानबाट हुन सक्ने सम्भावित खतरालाई बचाउ गर्नमा सहयोग पु¥याउने देखिन्छ । साउदी अरबले रूस हवाई प्रतिरक्षा प्रणाली खरिद गर्र्नै सम्झौता गरे लगतै अमेरिकासँग उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौताले क्षेत्रीय सन्तुलनलाई प्रभाव पार्न सक्ने भन्दै चीनले यसको विरोध गरेको छ । उक्त प्रणाली करिब २०० किलोमिटरको दूरी सम्मको क्षेप्यास्त्रलाई रोक्न सक्ने विश्लेषकहरूको दाबी छ।

उत्तर कोरियाबाट हुन सक्ने क्षेप्यास्त्र हमलालाई मध्येनजर गर्दै अमेरिकी सैनिक अखडा माथि रहेको टापुमा अमेरिकाले उक्त प्रणालीको जडान गरेको छ ।

उक्त सम्झौताले युद्धलाई प्रोत्साहन दिएको भन्दै चीनले उक्त प्रणाली खरिद सम्झौताको विरोध गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖