उत्तर कोरियाली नेता किमजोङको हत्‍या गर्ने अमेरिकी योजना विफल !

उत्तर कोरियाली ह्‍याकरले नेता किमजोङ उनलाई मार्ने अमेरिकी र दक्षिण कोरियाको योजनालाई विफल बनाइदिएका छन्। उनलाई मार्ने दक्षिण कोरिया र अमरिकाको गोप्य प्लानलाई ह्‍याकरले कम्‍प्युटरबाट चोरी गरेर विफल बनाइदिएको समाचार बीबीसीले उल्‍लेख गरेको छ।

दक्षिण कोरियाका एक सांसद री शियोलका अनुसार ऊनलाई मार्ने चोरी भएको योजना दक्षिणको रक्षा मन्त्रालयको हो। जसमा उत्तर कोरिया र अमेरिकाको साझा युद्ध नीति रहेको छ।

यसका साथै चोरी गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्‍य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको बीबीसीले जनाएको छ। त्‍यतिमात्रै नभएर अहिलेसम्‍म दक्षिण कोरियाले अमेरिकासँग गरेको सैन्‍य युद्ध अभ्‍यास र उसको आगामी नीति समेत दस्तावेजमा उल्लेख छ।

चोरिएको उक्त डाटा २३५ जीबी रहेको छ। जसमा दक्षिण कोरियाको विशेष सैन्‍य दस्तावेज, पावर प्लान्ट तथा वृहत सैन्‍यको ठेगानाको बारेमा जानकारी दिइएको सासंद रीले दाबी गरेका छन्। यस्तै सैन्‍य डिफेन्स इन्टिग्रेटेडबाट चोरिउको उक्त डाटामा ८० प्रतिशत जानकारीको पहिचान हुन नसकेको बीबीसीले जनाएको छ। एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।