भारत नियन्त्रित काश्मिरमा तीन आतङ्ककारी मारिए

श्रीनगर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन् ।

प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षा कर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् ।

भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा मङ्गलबार बिहान सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

‘आज बिहान मगाम हान्दवारामा भएको गोली हानाहानमा तीन आतङ्ककारी मारिए’ भारतीय प्रहरी काश्मिरका प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

मङ्गलबार बिहान भएको यस गोली हानाहानमा भारतीय प्रहरी र सैनिकतर्फ भने कुनै क्षति नभएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

सो घटनालगत्तै मङ्गलबार बिहान पनि सो इलाकामा प्रहरी कारबाही जारी नै रहेको प्रहरीले जनाएको छ ।

भारतको आर्थिक राजधानी मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा लासकार इ तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको थियो ।

यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सय भन्दा बढी घाइते भएका थिए । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।