चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु

बेइजिङ, ४ फागुन । चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी तीन आक्रमणकारीसहित आठको मृत्यु भएको हो ।

मङ्गलबार साँझ पिसान काउन्टीमा भएको यस आक्रमणमा अन्य दश जना घाइते भएका नजिकैको सहर होतान सरकारले जानकारी दिएको छ । आक्रमण भएको केही समयमा नै प्रहरी यस आक्रमणको अनुसन्धान सुरु भएको जनाइएको छ ।

सन् २०१४ को मार्चमा चीनको दक्षिणपश्चिम प्रान्त कुन्मीङ्गमा एक रेल स्टेसनमा भएको चक्कु आक्रमणमा परी ३१ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणमा चार जना आक्रमणकारी समेत रहेका थिए । रासस÷सिन्ह्वा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।