भारतीय अभिनेत्रीको अपहरण र यौनशोषण !

एजेन्सी, दक्षिण भारतीय अभिनेत्री भावनाको अपहरण र त्यसपछि यौनशोषण भएको छ ।

मलायलम फिल्मकी चर्चित अभिनेत्री मानिने भावनाको कोचीमा अपहरण भएको भारतीय समाचारमाध्यमले जनाएका छन् । प्रहरीले यसको आरोपमा एकलाई पक्राउ गरिसकेको छ भने बाँकीको खोजी जारी रहेको बताएको छ । भावनाको अपहरण र पछि यौनशोषण भएको मुद्दा प्रहरीले दायर गरेको छ ।

प्रहरीका अनुसार उनी सुटिङ सकेर घर फर्कदैं गर्दा तीन जना मानिसले जबरजस्ती गाडी रोकेर उनको फोटो खिच्न सुरु गरे । त्यसको केही समयपछि उनलाई अपहरण गरेर गाडीमै घुमाइरहे । राती करिब साढे दश बजे भावनालाई उनको घर नजिकै लगेर उनीहरुले छोडिदिएका थिए ।

भावनाका ड्राइभरलाई पनि प्रहरीले हिरासतमा लिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।