पुँजीगत खर्च न्यून, चालु खर्च उच्च

काठमाडौं, फागुन ७ । सरकारले जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि बजेट ल्याएपनि ६ महिनासम्मको अवधिमा पुँजीगत खर्च ज्यादै न्यून छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक एवं वित्तीयस्थितिमा पुससम्ममा जम्मा ३० अर्ब ९७ करोड रुपैयाँ पुँजीगत खर्च भएको जनाइएको छ ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च धेरै देखिएपनि विविध शीर्षकमा भएको खर्च वार्षिक बजेट अनुमानको तुलनामा न्यून रहेको केन्द्रीय बैंकले जनाएको छ ।

अघिल्लो वर्ष यस्तो खर्च १३ अर्ब ६३ करोड भएको थियो ।

समीक्षा अवधिमा चालु खर्च बढेर १९६ अर्ब ४७ करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १२६ अर्ब १ करोड थियो ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ५५.७ प्रतिशतले वृद्धि भइ २४८ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३.७ प्रतिशतले बढेर १५९ अर्ब ४० करोड पुगेको थियो ।

यस अवधिमा सरकारको कुल राजस्व संकलन ६८.९ प्रतिशतले वृद्धि भइ २७७ अर्ब ५७ करोडमा पुगेकोे राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १३.७ प्रतिशतले घटेर १६४ अर्ब ३३ करोड पुगेको थियो ।

मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तशुल्कलगायतका राजस्वका शीर्षकहरु उच्चदरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको केन्द्रीय बैंकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।