चर्चित सेलिब्रेटीदेखि यमबुद्धका पितासम्म चुनावी मैदानमा : कोमल ओलीको गालामा राप्रपाको २२ नम्बर (भिडियो सहित)

काठमाण्डौको भृकुटीमण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन चलिरहेको छ । एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । तर, नेपाली चलचित्र र सांगीतिक क्षेत्रका चर्चित कलाकारदेखि गायिकासम्म चुनावी मैदानमा होमिएपछि, राप्रपाको निर्वाचन अझ रोचक बनेको छ ।

गायिका कोमल वली र नायिका रेखा थापा केन्द्रीय सदस्यमा चुनाव लड्दैछन् । यसैले पनि उनीहरुका फ्यान, दर्शक, चलचित्र क्षेत्र एवं मिडियाको नजर रेखा र कोमलको पक्षमा कति भोट आउला भन्नेमा छ ।

अनलाइनखबरको क्यामेरा भृकुटीमण्डपमा पुग्दा गायिका कोमल वली चुनावी माहोलमा बढी सक्रिय देखिएकी थिइन् । नायिका रेखा थापा पनि चुनावमा सक्रिय नै छिन् । यस्तै, सञ्चारकर्मी प्रकाश सुवेदी, गायिका मिरा राणा समेत चुनावी मैदानमा छन् ।

यसका साथै अघिल्लो महिना लण्डनमा आत्महत्या गरेका र्‍यापर यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीले समेत राप्रपाको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । छोराको लोकप्रियतालाई ‘क्यास’ गर्न खोजेका अम्बिका राप्रपा नेपालका पुरानै नेता हुन् ।

रेखा र कोमलका लागि यो निर्वाचन, आफ्नो लोकप्रियताको मापन गर्ने माध्यम समेत हो । उनीहरु राप्रपाको केन्द्रीय सदस्य पदमा जितेर राष्ट्रिय राजनीतिमा आउने दाउमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।