सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि वैंक खाता
धनकुटा खबर, फागुन १३ । धनकुटाको महाभारत गाविसका वडा नं ५, ६ र ७ का १ सय ८ जना जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि वैंकमा खाता खोलेकाछन् ।
जेष्ठ नागरिकहरुको सामाजिक सूरक्षा भत्ता प्रदानका लागि राष्ट्रिय वाणिज्य बैंकले गाविस कार्यलयलाई खाता खोल्ने जिम्मेवारी दिएपछि उनीहरुले बैंकमा खाता खोलेका हुन् ।
खाता खोल्नका लागि सो गाविसको तीन वटा स्थानमा केन्द्र तोकीएको मध्ये आज गाविस कार्यलय केन्द्रमा सञ्चालित कार्यक्रममा ५० जना जेक्ष्ठ नागरिक,तीन जना एकल महिला,३९ जना विधवा महिला र १६ जना अपाङ्गता व्यक्तिले वैंकमा खाता खोलेको त्यहाँका स्थानीय पदम राईले जानकारी दिनुभयो ।
आज खोलिएका खातामा फागुन २१ गते सम्म सामाजिक सूरक्षा भत्ता वापतको रकम जम्मा भईसक्ने गाविस सचिव नारायण खनालले वताउनुभएको छ ।


